भदौ
१५, काठमाडौँ । सञ्चार तथा सूचना
प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको
अन्तिम चरणमा पुगेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित चलचित्र विकास
बोर्डको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रममा बोल्दै उनले उक्त जानकारी
दिएका हुन्।
उनका अनुसार
फ्रेमवर्क चाँडै मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइनेछ। उनले सरकारले
डिजिटल नेपाल नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद्
व्यवस्थापनलगायत आठवटा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने तयारी गरिरहेको
पनि बताएका छन्।
- न्युज बहार संवाददाता