भदौ २८, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति
प्रकाशित गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइने जानकारी दिएको हो।
तर,
भदौ
२६ गते प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार तोकिएको केही स्थानहरूमा
लागू गरिएको निषेधित क्षेत्रको व्यवस्था भने यथावत् रहने उल्लेख गरिएको छ।
यो निर्णय सुरक्षा अवस्था मूल्यांकनपछि लिइएको हो।

- न्युज बहार संवाददाता