भदौ ३१, काठमाडौँ
। रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको
सिफारिससहितको प्रतिवेदन नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी
ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छ ।
आज सोमबार उक्त प्रतिवेदन सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने
तयरी रहेको छ ।
समितिका
एक सदस्यका अनुसार समितिको छानबिनमा लामिछाने दोषी देखिएको जानकारी दिएका हुन । लामिछाने
प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएका रकम खर्च
गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको उक्त
सदस्यले बताएका छन ।
- न्युज बहार संवाददाता