Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामुदायिक वन उद्यान (पार्क)को निर्माण

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, पोखरा । पोखरा महानगरपालिकाका उपभोक्ता समूहले सामुदायिक वनको संरक्षण गरेसँगै अहिले अन्य गतिविधि सञ्चालनतर्फ पनि चासो देखाउन थालेका छन् ।

पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहले वन पैदावारको विकल्पका रूपमा आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । रु २६ लाख लागतमा समूहले पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छन । वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलका अनुसार वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत  डिभिजन वन कार्यालय कास्की, गण्डकी प्रदेश वनमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको हो ।

यसअघि डिभिजन वन कार्यालय कास्कीले जग्गा सम्याउने र पोखरा–२१ द्वारा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको थियो । अध्यक्ष भुजेल अग्लो स्थानमा भएकोले पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिने बताउँछन।

अहिले यस पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दै राष्ट्रिय झण्डा पनि राख्ने तयारी भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप