मंसिर ४,
काठमाडौँ । यही मङ्सिर ७ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी
दिवसको आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन
लागेको हो । उक्त कार्यक्रममा कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट
नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी गरिनुका
साथै विभिन्न
थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइने समेत गरिनेछ ।
बोर्डका
कार्यकारी निर्देशक वेनुपराज प्रसाईँका अनुसार कफी सहकारी सङ्घहरूबाट सञ्चालित
कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गराइने र उक्त दिवसमा नेपालको कफी क्षेत्रको
वर्तमान अवस्था, नीतिगत
व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम
गरिने छ ।
- न्युज बहार संवाददाता