जेठ २०, काठमाडौँ
। आज छुट्टाछुट्टै समयमा सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभाको
बैठक बस्ने छ । त्यसैगरी दिउँसो सवा १ बजेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ
।
संसद्
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको प्रतिनिधिसभाको बैठकमा
अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक
अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन
।
त्यसैगरी
आज राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । राष्ट्रियसभामा
पनि अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक
अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
- न्युज बहार संवाददाता