Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चाडबाड नजिकिएसँगै दैनिक उपभोग्य खाधान्नको मुल्य महँगियो

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । नेपालमा चाडबाड नजिकिएसँगै मुख्य प्रयोग गरिने खाधान्नको मुल्य महँगिएको छ । व्यापारीहरुले चाडबाडको मुखमा मौका हेरेर खाधान्नको मुल्य बढाउन थालेका छन् । दैनिक जिवनमा अतिआवश्यक खाधान्नको मुल्य बृद्धीले आम उपभोक्ता मारमा परेका छन् ।

गएको एकमहिनादेखि नेपाली बजारमा खानेतेल, चामललगायतको भाउ उच्च दरमा बृद्धी भएको छ । चिनीदेखि तेलसम्मको भाउ बढेको र यसले चाडबाडको मुखमा उपभोक्तालाई असर गर्ने नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।  

होलसेल व्यापारीले चाडबाडको मुखमा मूल्य बढाउँदा बजारमा हरेकजसो खाद्यवस्तुको मूल्य बढेको छ ।  एकमहिना अघी सम्म १ सय १५ रुपैयाँमा पाइने काचो तोरीको तेल अहिले लिटरको २ सय ४० रुपैयाँ पुगेको छ । अन्य तेलको मुल्य पनि बढेको छ ।

त्यस्तै १ सय ४० रुपैयाँमा पइएको राजमा अहिले किलोको २ सयसम्म पुगेको छ भने ९० रुपैयाँमा आउने बोडी १ सय ६० सम्म पुगेको छ ।

यी प्रतिनिधी उदाहरण मात्र हो अहिले बजारमा चाडबाड लक्षित गरी दैनिक प्रयोगको खाधान्नको मुल्य अत्धिक बढेको छ । चामल होस वा दाल, तेल होस वा मसला सबेको भाउ बढेको छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन । एक त चाडबाड खर्चको बहाना त्यस माथी बढेको मुल्यले औसत उपभोक्तालाई जुन वर्ष पनि रुवाएको पाइन्छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीहरुले आफुखुसी खाधान्नको मुल्य बढाएको देखिन्छ ।

  • न्युज बहार संवाददाता

थप