Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अर्जुन सापकोटा बने गत महिनाका सबैभन्दा लोकप्रिय नेपाली संगीतकर्मी

  •   ७ महिना अघि | २४ पुस २०८२, बिहिबार

काठमाडौं । गीत झलिकोको सफलतासँगै गायक अर्जुन सापकोटा गत महिनाका सबैभन्दा लोकप्रिय नेपाली संगीतकर्मी बन्न सफल भएका छन्। म्युजिक डेटा प्लाटफर्म भाइव्रेटले सार्वजनिक गरेको डिसेम्बर महिनाको सूचीमा सापकोटा ४९२.४ के अंकसहित शीर्ष स्थानमा रहेका हुन्।

यो प्लाटफर्मले प्रत्येक महिना लोकप्रिय संगीतकर्मीहरूको सूची प्रकाशित गर्दै आएको छ। अर्जुन सापकोटाले संगीत दिएको लोकशैलीको गीत झलिकोहाल सामाजिक सञ्जालमा अत्यन्त चर्चामा छ। युट्युबमा मात्रै यो गीत १ करोड ९५ लाखभन्दा बढी पटक हेरिइसकेको छ भने टिकटकमा पनि हजारौँ प्रयोगकर्ताले यसमा आधारित भिडियोहरू बनाइरहेका छन्।

उक्त गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ भने गायनमा मेलिना राई र समीक्षा अधिकारीले उनलाई साथ दिएका छन्। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।

  • न्युज बहार संवाददाता

थप