असोज १४,
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलाको पहिरो
पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ । सडकमा खसेको पहिरो पन्छाएपछी बाटो एकतर्फी
सञ्चालनमा आएको हो । प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले अहिले
काठमाडौँ भित्रिने सवारीसाधन मात्र सञ्चालन गरिएको जनाएका छन ।
लामो
सयमदेखि रोकिएका सवारी साधन आइतबार साँझ साढे ७ बजेदेखि नै काठमाडौँ प्रवेश
गरिरहेका छन् । जामका कारण काठमाडौँ बाहिरिने सवारी साधन नागढुंगामा रोकिएका छन ।
जाम व्यवस्थापनका लागि अहिले काठमाडौँ बाहिर जानेलाई प्रहरीले रोकिराखेको छ ।
- न्युज बहार संवाददाता