Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘माग्ने राजा’को दोस्रो श्रृंखला पनि बन्ने

  •   १ वर्ष अघि | ७ भदौ २०८२, शनिबार

भदौ ७, काठमाडौँ । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखला पनि बन्ने भएको छ । दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताका अनुसार ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्न लागेको हो ।

केदार घिमिरे र वर्षा सिवाकोटीलाई ‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ ।

‘माग्ने राजा’ ऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो । फिल्मका निर्देशक ऋषि लामिछाने हुन । फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप