Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन भएको छ । गत असार ७ गतेबाट रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।

यस अभियानमा मधेस प्रदेशबाट १ लाख ४ हजार ३ सय ६०, कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ६ हस्ताक्षर सङ्कलन गरिएको छ । 

त्यसैगरी बागमती प्रदेशबाट सबै भन्दा धेरै ७ लाख १३ हजार ३ सय ३१ हस्ताक्षर सङ्कलन गरिएको छ । लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१, सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ कर्णाली प्रदेशबाट  ७२ हजार १ सय ४२ हस्ताक्षर सङ्कलन गरिएको छ ।

यसमा ह्वास्टएप मार्फत ७ लाख ५ सय ५२ र इमेल मार्फत ८३ हजार ५ सय ६६ हस्ताक्षर सङ्कलन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप