जेठ १४, काठमाडौँ । नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत्
गाईघाटमा भएको दुर्घटनामा १जनाको मृत्यु भएको छ भने २३ जना घाइते भाएका छन । गाईघाटमा चारवटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना
भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पहिचान नखुलेका अन्दाजी १६—१७ वर्षका किशोर रहेको छ उनको
भरतपुरमा उपचारको क्रममा मृत्यु हो ।
नारायणगढदेखि
मुग्लिनतर्फ जाँदै गरेको ट्रक, काठमाडौँबाट प्यूठानतर्फ आउँदै गरेको यात्रुवाहक बस, वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै
गरेको बस र काठमाडौँबाट बर्दिवासतर्फ जाँदै गरेको बस एकै ठाउँमा ठक्कर खाँदा उक्त
दुर्घटना भएको हो। प्रहरीले आइतबार राति १२ बजेतिर दुर्घटना भएको जनाएको छ ।
मुग्लिन
प्रहरीले बस र ट्रकका गरी २३ जना यात्रु घाइते भएको जानकारी दिएको छ।
- न्युज बहार संवाददाता