फागुन १४, काटमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै आजको बैठकमा प्रश्न गरेका छन्।
सभापति
लामिछानेले आज सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख देवराज
घिमिरेबाटै रूलिङ भइसकेको अवस्थामा पनि मन्त्रीहरूलाई जवाफ दिन केले रोकेको भन्दै
प्रश्न गरेका हुन्।
भौतिक
पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि बालकुमारी जाँचबुझ आयोगले लगाएको
आरोपबारे जवाफ दिनुपर्ने माग नेकपा एमाले, रास्वपा, राप्रपा लगायत दलले राख्दै आएका
छन् भने सरकारले उनलाई बर्खास्त गर्नुपर्ने माग उक्त दलले राखेका छन ।
- न्युज बहार संवाददाता