जेठ ३०, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरूद्ध तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै दायर भएको रिटमा आज मंगलबार सुनुवाइ हुँदैछ।
आइतबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराई लगायत विरूद्ध पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।
- न्युज बहार संवाददाता