भदौ २७, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।
उनका छोराहरु पनि बुधबार नेपाल आइपुगेका छन् । नेम्वाङका कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए भने जेठा छोरा सपरिवार बेलायतमा बसोबास गर्दै आएका थिए । दुबै छोराहरु आइपुगेपछी अहिले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट नेम्वाङको शवलाई बालुवाटारस्थित आफ्नै निवासमा लगिएको हो ।
पारिवारिक तथा धार्मिक संस्कारअनुसार निवासमा उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
- न्युज बहार संवाददाता