भदौ २२, काठमाडौँ । अनिश्चितकालका लागि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
अर्को सूचना जारी नभए सम्मका लागि भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि अर्को बैठकको मिति र समय निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता