साउन १०, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बैठक १५ गते सम्मका लागि स्थगित हरिएको हो।
एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गरेको हो ।
- न्युज बहार संवाददाता