साउन २६, काठमाडौँ । संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले घोषणा गरेका छन् ।
शुक्रबार सभामुख देवराज घिमिरेलाई रास्वपा सभापति रवि लामिछानेले संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
साथै उनले सभामुखलाई राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने जानकारी गराएका छन ।
उनले भने ‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु।’
- न्युज बहार संवाददाता