फागुन १८, काठमाडौँ । उपनिर्वाचन लक्षित गरेर रास्वपा - राष्ट्रिय
स्वतन्त्र पार्टीले ६ सांसदलाई इलामका ६ पालिकामा पठाउने जनाएको छ।
पार्टीका
अनुसार आज शुक्रबार साँझ रास्वपाका सांसदहरू इलामका पालिका पुग्नेछन। भोली १९ गते इलामका
६ पालिकामा रास्वपाका सांसदहरूले त्यहाँका नागरिकहरूसँग अन्तरक्रिया गर्ने
कार्यसूची रहेको छ।
रास्वपाका
अनुसार सोबिता गौतमलाई इलाम नगरपालिका, मनिष झाले माई नगरपालिका, गणेश पराजुली
देउमाई नगरपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका, अशिम शाह फाकफोकथुम गाउँपालिका र
सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका जाने र त्याहाका जनतासँग
अन्तरक्रिया गर्नेछन्।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा
इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय रास्वपाको सचिवालय बैठकले यसअघि नै
गरिसकेको थियो ।
भदौ २६ गते नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको हृदयघातका कारण
निधन भएपछि इलाम क्षेत्र नम्बर दुई रिक्त रहेको छ । वैशाख १५ गते उक्त रिक्त
स्थानका लागि उपनिर्वाचन हुँदैछ।
- न्युज बहार संवाददाता