भदौ २६, काठमाडौँ । एक किलो अवैध सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएको छ ।
आज जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सुन बरामद भएको जानकारी दिएको हो।
स्रोतले उक्त सुन विदेशबाट विमानमार्फत् आएको बतायो । प्रहरीले त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
- न्युज बहार संवाददाता