चैत ६,
काठमाडौँ। चार दिन भित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले बताएका छन् ।
उनले सोमबार
प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई
पूर्णता दिने बताएका हुन् ।
सरकारलाई
पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन दिएका सबै दलहरुसँग
भोलि मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका छन ।
उनले
आफूले पाएको विश्वासको मतलाई पर्याप्त मान्दै अव आराम सँगले सरकारले काम गर्ने
दाबी समेत गरेका छन । आफ्नो भारत भ्रमण बारे प्रधानमन्त्री प्रचण्डले चैत्रको अन्तिम
हप्ता वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने पनि बताएका छन ।
- न्युज बहार संवाददाता