पुस २३, काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा हुने निर्वाचनका आज अर्थात माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको जानकारी दिएका छन ।
उम्मेदवारको
मनोनयन पत्र दर्ता मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको
कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने पौडेलले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता