जेठ ३१, काठमाडौँ । दुई वटा स्वास्थ्य संस्थामा काठमाडौँ महानगरपालिकाले ताला लगाइदिएको छ।
मेयर बालेन शाहले अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको जानकारी दिएका छन् ।
यही जेठ ६ गते महानगरपालिकाले यसअघि असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत नि:शुल्क उपचार गर्नुपर्ने सूचना जारी गर्दै सम्बन्धीत सबैमा निर्देशन दिएको थियो तर सो निर्देशन अनुसारको सेवा अस्पतालले नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।
मेयर शाहाले महानगरको स्वास्थ्य विभागलाई तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि निर्देशन दिएको उनले बताएका छन ।
- न्युज बहार संवाददाता