Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सेवा निवृत्त भएका पदाधिकारीहरूले कानुन विपरीत पाउँदै आएको सेवा सुविधा रोक्न अर्थ मन्त्रालयको पत्र

  •   १० महिना अघि | १० असोज २०८२, शुक्रबार

असोज १०, काठमाडौँ । सेवा निवृत्त भएका राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले कानुन विपरीत पाउँदै आएको सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ।

अर्थ मन्त्रालयले प्रचलित कानुनअनुसार नपर्ने सवारी साधन, जिन्सी सामान, सहयोगी कर्मचारी र सुरक्षाकर्मी फिर्ता गराउन तथा अन्य गैरकानुनी सेवासुविधा बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुत्पादक खर्च घटाउने र मितव्ययिता कायम गर्ने निर्णय गरेसँगै, उक्त निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले यो पहल थालेको हो। यसअघि नै अर्थ मन्त्रालयले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ।

 

  • न्युज बहार संवाददाता

थप