मंसिर १४, बैतडी । नेकपा एमालेका अध्यक्ष
केपी शर्मा ओलीले आफु रैतीहरु बन्न तयार नभएको बताएका छन् । फेरि पछाडि फर्किन र
रैती हुन आफूहरु तयार नभएको बताएका एमाले अध्यक्ष ओलीले छन् ।
बैतडीको
गोठलापानीमा आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिनको आमसभालाई
सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको
बताएका हुन ।
उनले गणतन्त्रको
विरोध गर्नु दुस्साहसी काम भएको बताएका छन । उनले भने ‘उहिले राजतन्त्र थियो, त्यही राजतन्त्रको अहिले सालिक
बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’
- न्युज बहार संवाददाता