Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है : नेविसंघ

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ (नेपाल विद्यार्थी संघ) ले गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचार र सहकारीको बचत अपचलनमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

बुधबार बिहान नेविसंघ त्रिचन्द्र क्याम्पसले काठमाडौँको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।

सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएको र गिरीबन्धु टी-इस्टेटबारे पनि छानबिन गर्न माग सहित प्रदर्शन गरेको नेविसंघ नेता गोविन्द कोइरालाले बताएका छन ।

उनीहरूले गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है', 'गुड मर्निङ केपी बा, चिया खानुभो? जस्ता स्लोगन लेखिएको कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

  • न्युज बहार संवाददाता

थप