भदौ ३०, काठमाडौँ । सरकारले
आगामी असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार
साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम
प्रकाश अर्यालका अनुसार शोक दिवसको अवसरमा सार्वजनिक बिदा दिइनेछ र
राष्ट्रध्वजालाई आधा झुकाइनेछ।
- न्युज बहार संवाददाता