चैत १४, काठमाडौँ। मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसदमा पठाउने निर्णय सरकारले गर्न
लागेको छ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले मंगलबार
अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रूप दिई संसदमा
पेस गर्न अनुमति दिने तयारी गरेको जानकारी दिएका छन।
प्रेस
संयोजक शर्माले प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि
कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा तयार भइसकेको बताएका
छन।
- न्युज बहार संवाददाता