चैत ९, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका
महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न आग्रह गरेका छन्।
अकोराबको
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित रहेको बेलामा बोल्दै थापाले देश
विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन आग्रह गरेका हुन्।
थापाले प्रधानमन्त्रीले
आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट र समय नभएको पनि बताएका छन। उनले जनतामा
नैराश्यता देखिएको हुनाले सरकारलाई काम नगरी बस्ने छुट नहुने पनि उक्त कार्यक्रममा
बताएका छन्।
महामन्त्री
थापाले भने, ‘म
साँच्चिकै डराएको छु, मैले
प्रधानमन्त्रीलाई पटक-पटक भनेको छु नागरिकलाई नतर्साउनुस्, तर प्रधानमन्त्री एक्लै बस्दा
डराउनुपर्ने र कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने अवस्था आएको छ।’
प्रधानमन्त्री
डरायो भने बल्ल नागरिकका डरबाट मुक्त हुने अवस्था बन्ने भन्ने तर्फ उनको भनाइ
थियो।
- न्युज बहार संवाददाता