साउन २६, काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा थपदुई जना पक्राउ परेका छन। प्लस टु को नक्कली सर्टिफिकेट बनाएर डाक्टर बनेका थप दुई जना आज पक्राउ परेका हुन ।
आज पक्राउ पर्नेमा इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार र मोरङका मनिष चौधरी रहेका छन् । सिआइबीको टोलीले शिल्पकारलाई कुलेश्वरबाट र चौधरीलाई मोरङबाट नै पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिएकी हुन ।
- न्युज बहार संवाददाता