साउन १६, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध उच्च अदालत पाटन पुगेका छन्। प्रसाईं सहित अन्य चार जना उच्च अदालतपाटन पुगेका हुन।
बिहीबारदेखि
नै उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको
इजलासमा यस विषयमा सुनुवाइ भइरहेको छ।
चैत १५
गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहितले निवेदन दिएका हुन्।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको
आदेश बदर गर्न उनीहरूले माग गरेका छन्।
त्यस्तै उनीहरूविरूद्ध
उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट निवेदन दिएको छ भने
दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो।
- न्युज बहार संवाददाता