असोज
२५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिहरूबीच आज
राष्ट्रपति कार्यालयमा मुलुकको वर्तमान राजनीतिक अवस्था, जेनजीको माग र आउँदै गरेको निर्वाचनबारे
छलफल भएको छ।
यो छलफल राष्ट्रपति रामचन्द्र पौडेलको
आह्वानमा भएको हो, जसमा प्रधानमन्त्री
कार्की, मन्त्रीहरू, तथा जेनजी समूहका सुदन गुरूङ, प्रवेश दाहाल, मिराज ढुङ्गाना लगायतका प्रतिनिधिहरू
सहभागी थिए।
छलफलमा जेनजी प्रतिनिधिहरूले सुशासन, संविधान संशोधन लगायतका विषयमा आफ्नो
धारणा राखेका छन्।
यसबाहेक, आगामी निर्वाचनका सन्दर्भमा विघटित
प्रतिनिधि सभामा रहेका दलका नेताहरूसँग शुक्रबार राष्ट्रपति भवनमा छुट्टै छलफल
भएको थियो।