कात्तिक १४, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले
सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने गृहमन्त्री रमेश लेखकले बताएका छन्।
गृहमन्त्री
लेखकले आज बुधबार मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर
फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।
यस विषयमा
उनले भने ‘उपसभापति
धनराज गुरुङको कुरा उठाउनु भयो, धनराज गुरुङमाथि पनि अनुसन्धान
हुन्छ, यदी प्रमाणमा उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही पनि हुन्छ।’
- न्युज बहार संवाददाता