माघ २३, काठमाडौँ
। रुसी राजदूतावासलाई ध्यानाकर्षण गराउन उध्देश्यले रुसी सेनामा रहेका नेपालीहरूको
उद्धार, राहतका
तथा बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावास
अगाडी प्रदर्शन भएको छ ।
रुसी
राजदूतावास बालुवाटार नजिकै विभिन्न ब्यानर बोकेर रुसी सेनमा भर्ना भएकालाई उद्धार
गर्न माग गर्दै पीडित परिवारले आज प्रदर्शन गरेका हुन् ।
बिगत केही समयदेखि रुसी सेनामा कार्यरत नेपालीहरू बेपत्ता हुने र मृत्यु हुने क्रम बढेपछि नेपालमा रहेका परिवारमा तनाव बढिरहेको छ भने यस वियषयमा रुसमा रहेका नेपालीहरुलाई सरकारी पहलमार्फत नै स्वदेश फर्काउनुपर्ने आवाज उठ्न थालेको छ ।
- न्युज बहार संवाददाता