बैशाख ३१, काठमाडौँ । नेपाली कांग्रेस पार्टीबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले आज प्रदर्शन गरेका छन् ।
नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान प्रदर्शन गर्दै खाणलाई निलम्बन गर्न माग गरेको छन। काठमाडौँमा नेविसंघले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’, ‘न नाता न नेता दोषिलाइ कठगरा’, एक दुई तिन चार भ्रष्ट्रचारी होसियार लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको छन ।
- न्युज बहार संवाददाता