भदौ २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।
पाँच दिनअघि देखी ग्राण्डी अस्पतालमा डेंगु संक्रमित भएर उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
बिहान ११ बजे महानगरपालिकाले राष्ट्रिय सभागृहमा रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको जनाएको छ ।