साउन २९,
काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधी सभा बैठकमा राष्ट्रिय स्वतन्त्र
पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा बिचमै रोकेपछि संसद बैठकमा विवाद सुरु
भएको छ । प्रतिनिधी सभा बैठकको विशेष समयमा बोल्दै सडक यातायातमा हुने दुर्घटना
सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै
संसद
ढकालले आफ्ना कुरा राखिरहेका थिए ।
आफ्नो
कुरा राखिराखेका संसद ढकाल समयमा विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न
उठाउन थालेपछि सभामुखले उनलाई रोकेका थिए । सभामुखले ढकाललाई रोकेपछि बोल्न
नदिइएको भन्दै उठेर रास्वपा सांसदहरूले विरोध गरेका थिए ।
सभामुखले
यही विषयमा विवाद भएपछी पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । ढकाललाई
नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग लामिछानेले गरेका छन् ।
- न्युज बहार संवाददाता