बैशाख
९, विराटनगर। आज शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको
झडप क्रममा प्रहरी लक्षित गरी आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका छ।
कोशी नाम
खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम
प्रहार गरेको मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिएका छन्।
उनले भने, ‘आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका छन्, यसबाट तीन जना प्रहरी घाइते भएका छन्।’
विराटनगरमा कोशी नाम खारेजी माग गर्दै भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा आज उक्त झडप भएको हो।
- न्युज बहार संवाददाता