Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आममाफी दिने निर्णयको विरूद्धमा अनशन बसेकी भारती मानन्धर वीर अस्पतलामा

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । सरकारको बाँकेका योगराज ढकाल(रिगल) लाई आममाफी दिने निर्णयको विरूद्धमा आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ। 

आज बुधबार दिउँसो सर्वोच्च अदालत पुगेकी उनी त्यही बेहोश भएपछि उनलाई उपचारका लागी वीर अस्पताल लगिएको हो। 

उनले बुधबार माइतीघर मण्डलमा आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै अनशन सुरू गरेकी थिइन । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको दिनमा सर्वस्वसहित जन्मकैद सजाय दिइएको रिगललाई आममाफी दिँदै रिहा गरिएको थियो ।

  • न्युज बहार संवाददाता

थप