बैशाख १२, बारा । बारा–२ मा केही अगाडि देखि मतगणना स्थगित भएको छ ।
मतगणना स्थलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो । बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने ‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको थियो, अहिले सुचारु भैसकेको छ।’
अहिले मतगणना पुनः सुरु गरिएको छ ।
- न्युज बहार संवाददाता