साउन २, मकवानपुर । बागमती प्रदेश सरकारको राजस्व सङ्कलन अनुमान भन्दा कम भएको छ ।
गत आर्थिक वर्ष २०७९-०८० मा प्रदेश सरकारले अनुमान भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जानकारी गराएको छ ।
प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा राजस्व सङ्कलनमा अनुमानभन्दा ९ अर्ब रुपैयाँ कम उठेको हो कार्यालयको प्रारम्भिक तथ्याङ्कले जनाएको छ।
कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले प्रदेश सरकारका विभिन्न निकायहरुले उक्त वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता