जेठ ३, काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
अदालतका सूचना अधिकारी दीपक दाहालले अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताएका छन ।
यसअघी जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अनुसन्धान सकेर बुधबारसम्ममा
रायसहितको प्रतिवेदन बुझाउन प्रहरीलाई आदेश दिएको थियो।
यता प्रहरीले भने अनुसन्धान नसकिएकोले फेरि म्याद थप गर्न माग गरेको
थियो ।
- न्युज बहार संवाददाता