असार ७, काठमाडौँ । आज रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुरा भएको छ। रास्वपाले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
यही पहिलो वार्षिकोत्सव अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
रास्वपाको पार्टी स्थापना दिवसको अवसरमा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण समेत गरेको जनाएको छ ।
पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थित यस चियापान कार्यक्रममा हुने बुझिएको छ ।
बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि रास्वपाले चियापान कार्यक्रम सुरु गर्ने जानकारी गराएको छ।
- न्युज बहार संवाददाता