बैशाख
२१, काठमाडौँ । आज विश्व प्रेस स्वतन्त्रता दिवस
। ‘विश्वका
लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ आज नेपालसहित विश्वभर
३१औँ प्रेस स्वतन्त्रता दिवस मनाइदैँ छ । यस दिवसको प्रमुख उदेश्य भनेको प्रसको स्वतन्त्रता
र वातावरण सुनिश्चितता जोड दिनु हो ।
मे ३
तारिखलाई ‘स्वतन्त्र
एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस
स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।
अफ्रिकी
राष्ट्र नामिबियाको विन्डहक सहरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक
सङ्गठन (युनेस्को)को आयोजनामा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको
लागि विण्डहक घोषणापत्र’ जारी
गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको
हो ।
- न्युज बहार संवाददाता