चैत
१४, काठमाडौँ। कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको
छ।
प्रदेशको
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले रामनवमीको
अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन।
त्यसदिन
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बन्द हुने छन।
रामनवमीका
अवसरमा प्रदेशमा बिदा दिने निर्णय गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको
थियो।
- न्युज बहार संवाददाता