साउन १३, हेटौंडा । आफू संसदीय दलको नेताबाट हटेको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताएका छन । तर आफु संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान मुख्यमन्त्री बहादुर सिंह लामाले लिएका छन् ।
मुख्यमन्त्रीबाट
राजीनामा दिनु नपर्ने र नदिने जिकिर आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन
प्रक्रियामा फेल भएका सिंहले गरेका हुन् ।
मत विभाजन
प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस विषयमा उनले भने ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने
नै छैन, सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो, मुख्यमन्त्री पदबाट हटाउनपर्ने
कुनै आधार छैन, हटाउनुपर्ने पनि होइन, मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन।’
उनका
अनुसार उनीमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएको र यो कुरा आजैमात्र उनले
थाहा पाएका हुन।
- न्युज बहार संवाददाता