बैशाख १२, काठमाडौँ । कक्षा ११ को वार्षिक परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।
उक्त परीक्षा तालिका अनुसार परीक्षा जेठ ९ देखि १८ गते बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
- न्युज बहार संवाददाता