फागुन २३, सुनसरी। सिटी सफारीको ठक्करबाट सोमबार
राति सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले मृत्यु भएका व्यक्ती रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जानकारी दिएका छन। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो।
कार्कीको उपचारका
क्रममा मृत्यु भएको र टहरी-५ का ३५ वर्षीय सुरेश चौधरी सफारी चालकलाई नियन्त्रणमा
लिएको प्रहरीले बताएको छ।
- न्युज बहार संवाददाता