माघ १७, काठमाडौँ । नेपाल र नेपालीको मुख्य चासोको विषय रहेको भ्रष्टाचार
र अनियमाततामा नेपाल अझै पनि माथीनै रहेको एउटा अध्ययनले देखाएको छ । हालै ट्रान्सपरेन्सी
इन्टरनेशनलको करप्सन पर्सेप्सन इन्डेक्स प्रतिवेदन २०२२ अनुसार नेपाल अझै पनि कम
भ्रष्ट देशको सुचिमा निकै तल रहेको देखाएको छ । यस प्रतिवेदनमा १८० देशहरु मध्ये
नेपाल ११० औं स्थानमा रहेर जम्मा ३४ अंक ल्याएको जनाएको छ । अज भन्दा भोली झनझन
बढ्दै गएको राजनितिक बेथिती, सरकारी अनियमतता र अन्य विभिन्न कारणले नेपालमा भ्रष्टाचार
मौलाएको मात्र होईन यसले हरेक समाज, वर्ग, तहका र हरेक स्थानमा जरो गाडेको छ ।
जसलाई उखेल्नु पर्ने अहिलेको सरकार सम्बन्धित निकाय र स्वयम नागरिकको लागी ठुलो चुनौतीको
विषय बनेको छ ।
कम भ्रष्टाचार हुने देशको सुचिमा ११० औं स्थानमा नेपाल ।
कम भ्रष्टाचार हुने देशको सुचिमा ११० औं स्थानमा नेपाल ।
- ४ वर्ष अघि | १७ माघ २०७९, मङ्लबार