फागुन
२१, चितवन। आजदेखि चितवनको नारायणगढ–मुग्लिन सडक पुर्ण रुपमा सञ्चालनमा
आउने भएको छ। गत पुस ५ गतेदेखि सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो
काट्नुपर्ने भएकोले दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक नियमित बन्द हुँदै आएको
थियो।
भित्तो
काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका
सूचना अधिकारी कृष्ण आचार्यले बताएका छन।
यो
सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन अवस्थामा छन्। पहिले भइरहेको पुलको छेउमा अर्को पुल
बनाउँदै कार्य गर्नु पर्दा भित्तो काट्नु परेको उनले जानकारी दिएका छन।
उनले भने
‘तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ,
अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी हामिले
गरेका छौँ।’
- न्युज बहार संवाददाता